राजनीति
सरकारको सुशासनको दाबी ‘खोक्रो’ भयो–झक्कु सुवेदी
०

काठमाडौं, असोज १६ –
नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले वर्तमान सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल भएको भन्दै आलोचना गर्नुभएको छ ।
सरकार लोकतन्त्र र संविधानको रक्षा गर्नुको साटो ‘विजयको उन्माद’ मा रमाएको र प्रश्न गर्ने जनतालाई होच्याउने काम गरिरहेको उहाँको आरोप छ । राष्ट्रिय सभामा बोल्दै नेता सुवेदीले सरकारले सुशासनको नारा दिएपनि व्यवहारमा भने अमानवीय र जनविरोधी काम गरिरहेको जिकिर गर्नुभयो ।
उहाँले बेपत्ता व्यक्तिको खोजीमा रहेकी महिलाप्रति दुव्र्यवहार, अस्पतालको गेटमा सुत्केरी हुनुपर्ने बाध्यता र बालबालिकामाथिको हिंसात्मक घटनाहरूमा सरकार असंवेदनशील बनेको बताउनु भयो । -न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























