विज्ञान/प्रविधि

एप्पलले गुमायो नम्बर वानको ताज, सामसुङको पुनरागमन

Banner

वेशाख ४-

‘विश्वको नम्बर वान’ स्मार्टफोन निर्माता कम्पनीको ताज एप्पलले गुमाएको छ । योसँगै नम्बर वान स्मार्टफोन कम्पनीको शीर्ष स्थानमा सामसुङले पुनरागमन गरेको छ ।

डेटा रिसर्च कम्पनी आईडीसीले चालु वर्ष सन् २०२४ को पहिलो त्रैमासमा विश्व बजारमा पठाइएका (शिपमेन्ट गरिएका) स्मार्टफोनको संख्याका आधारमा तयार पारेको रिपोर्टले यस अवधिमा एप्पलको शिपमेन्टमा १० प्रतिशतले गिरावट आएसँगै शीर्ष स्थान गुमाएको हो ।

उता पहिलो स्थानमा पुनरागमन गरेको सामसुङले विश्व स्मार्टफोन बजारमा आफ्नो हिस्सा बढाउँदै २०.८ प्रतिशत पुुराएको छ । दोस्रो स्थानमा खस्किएको एप्पलको बजार हिस्सा १७.३ प्रतिशतमा खुम्चिएको छ ।

आइफोन निर्माता एप्पलले गत वर्षको डिसेम्बर त्रैमासमा सामसुङलाई पछि पार्दै नम्बर वान स्मार्टफोन कम्पनी बन्न सफल भएको थियो । तर, उसले त्यो ताज लामो समयसम्म टिकाउन सकेन ।

दक्षिण कोरियाली कम्पनी सामसुङले सन् २०२४ को सुरुवातमै सामसुङ ग्यालेक्सी एस २४ सिरिज लञ्च गरेको थियो । वर्षको पहिलो त्रैमासमै कम्पनीले ६ करोडभन्दा धेरै फोन विश्व बजारमा पठाउन सफल भयो ।

ग्यालेक्सी एस २४ को विश्वव्यापी बिक्रीमा गतवर्ष लञ्च भएको ग्यालेक्सी एस २३ को तुलनामा ८ प्रतिशतको वृद्धि देखियो ।

उता वर्षको पहिलो त्रैमासमा एप्पलले भने ५ करोड १ लाख गोटा आइफोन विश्व बजारमा पठाएको छ। ग्तवर्ष यही अवधिमा आइफोनको शिपमेन्ट ५ करोड ५४ लाख गोटा थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>