देश/प्रदेश

पूर्वअर्थमन्त्री प्रकाश शरण महतपत्नी नै कर नतिर्नेको सूचीमा

Banner

नुवाकोट, चैत ३०-

पूर्व अर्थमन्त्री समेत रहेका डा.प्रकाश शरण महतकी श्रीमती विना बुढाथोकी (महतं) कर नतिर्नेको सूचीमा परेकी छन् । करदाता सेवा कार्यालय गल्छीले समयमै कर नतिर्नेहरूका नाममा प्रकाशित ४५८ सूचीमध्ये महत पत्नी विनाको पनि नाम समावेश छ ।

विना टोलकुमारी खड्गबहादुर महत स्मृति प्रतिष्ठानकी अध्यक्ष हुन् । प्रकाशशरणको बाबुआमाको नाममा खोलिएको भनिएको उक्त संस्था २०७१ साल असोज ३० गते आन्तरिक राजश्व विभागमा दर्ता भएको उल्लेख छ ।


‘पञ्चकन्या गाउँपालिका, नुवाकोटका तपसिल बमोजिमका करदाताहरूले विभिन्न मितिदेखि हाल सम्म आय विवरण पेस नगरी कर दाखिला नगरेकाले यो सूचना प्राप्त भएको मितिले सात दिन भित्र आय विवरण पेस गरी कर दाखिला गर्नुहुन अनुरोध छ’, कार्यालयले मङ्गलवार जारी गरेको सूचनामा उल्लेख छ ।


कार्यालयले आय विवरण पेस नगरेको खण्डमा आयकर ऐन को दफा ११७ बमोजिम मासिक रु १०० का दरले शुल्क र दफा ११९ बमोजिम वार्षिक १५ प्रतिशत ब्याज गणना हुने स्मरण पनि गराएको छ ।

कांग्रेसका प्रवक्ता समेत रहेका महरा प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका थिए । यस विषयमा विनालाई सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ छ । स्रोतः रातोपार्टी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area