देश/प्रदेश

३ करोड रुपैयाँमा ठेक्का लगाइएको बुद्धचित्तको रुख अज्ञात समूहले काटेपछि

Banner

काठमाडौँ, चैत ३०-

बुद्धचित्त मालाको रुख काटिएको छ । काभ्रेको रोशी गाउँपालिका–५ सिपाली स्थित नागबेलीमा एउटा समूहले बुद्धचित्त मालाको रुख काटेका हुन् । नागबेलीस्थित ठाकुरानी तामाङको बारीमा बुद्धचित्तको रुख थियो।

गएराती राती अज्ञात समूहले काटेको बुद्धचित्तको रुख केही महिनाअघि ३ करोड रुपैयाँ ठेक्कामा लगाइएको पाइएको छ। रुख धनी शेरबहादुर तामाङले करिब ३ महिनाअघि समिर त्रिपाठीलाई उक्त रुख ३ करोड रुपैयाँमा ठेक्कामा लगाइएको बताए।

बुद्ध धर्मालम्बीहरुले मालाका रुपमा प्रयोग गर्ने बुद्धचित्त महँगो मानिने गर्छ। तामाङ परिवारले गत वर्ष ९० लाख रुपैयाँको दाना विक्री गरी वडालाई करिब ५ लाख रुपैयाँ राजस्व बुझाएको वडाध्यक्ष वडाध्यक्ष निर्दोष लामाले जानकारी दिए।

बागमती प्रदेशका डीआईजी विष्णु केसीका अनुसार रुख काटेर घरको ढोकामा दुईवटा सकेट बम राखेका आरोपी फरार रहेका छन् । हाल बम निष्क्रिय बनाउन नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी वसुन्धरा खड्का नेतृत्वको टिमले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । गएराति २ बजेतिर ७ जनाको समूह गएर इलेक्ट्रिक आरोले रुख काटेर बम झुन्ड्याएर भागेका हुन् । आरोपीहरूले खोजी भइरहेको डीआईजी केसीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>