तनहुँ

तनहुँमा गत आवमा पाँच र चालु आवमा दुई पक्की पुल तयार

Banner

दमौली (तनहुँ), चैत २८-

गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएर तनहुँमा गत र चालु आर्थिक वर्षमा गरी सातवटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । गत आवमा पाँच र चालु आवमा दुई गरी सातवटा मोटरेबल पुल बनेका हुन् ।

त्यस्तै ११ वटा पक्की पुल निर्माणाधीन रहेका पूर्वाधार विकास कार्यालय तनहुँका इन्जिनियर धनमाया मिश्रले जानकारी दिनुभयो । निर्माणाधीन पुलका लागि रु २२ करोड ७५ लाख बजेट विनियोजन भएकामा रु तीन करोड २६ लाख २१ हजार खर्च भएको छ । चालु आवमा ऋषिङ गाउँपालिका–५ रुपाटारस्थित लुम्दीखोलामा रु ३० लाखको लागतमा पुल निर्माण सम्पन्न भएको छ । त्यस्तै म्याग्दे गाउँपालिकास्थित बेलसोती मार्गको म्याग्दे खोलामा रु ३० लाखको लागतमा अर्को पुल बनाइएको छ ।

गत आवमा रु ५० लाखको लागतमा भिमाद नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा रु ५० लाख, ऋषिङ–४ र ५ जोड्ने रुपाटार जोड्ने ज्वालाखोलामा रु ३० लाखमा, घिरिङ गाउँपालिका–४ नयाँटारमा तिरम्दीखोलामा रु ३० लाख, घिरिङ गाउँपालिका–१ द्रुपद खोलामा रु ३० लाख र आँबुखैरेनी गाउँपालिका–३ र ४ सिउदीखोलामा रु ५० लाखमा पुल बनेका हुन् ।

इन्जिनियर मिश्रका अनुसार चालु आवमा निर्माणाधीनमध्ये आँबुखैरेनी गाउँपालिका–२ र ३ जोड्ने खहरेखोलामा रु ७५ लाख विनियोजन गरिएको छ । दमौली बिसेघरे झापुटारस्थित सेती नदीमा रु चार करोडको लागतमा पुल निर्माणाधीन छ । शुक्लागण्डकी नगरपालिका–५ र ८ जोड्ने सेती नदीमा रु तीन करोड, बन्दीपुरस्थित खुदीखोलामा रु एक करोड, व्यास नगरपालिका–११ स्थित बुल्दीखोलामा रु एक करोड ५० लाख, शुक्लागण्डकी नगरपालिका–१० र भिमाद नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा रु एक करोड ५० लाख, म्याग्दे गाउँपालिका–४ मिन मावि पछाडि म्याग्देखोलामा रु एक करोड ७० लाखको लागतमा पुल निर्माणाधीन छ ।

यसैगरी, भिमाद नगरपालिका–३ बुडुवाखोलामा रु ४० लाख, भिमाद नगरपालिका–५ स्थित बुडुवाखोलामा रु एक करोड, भिमाद नगरपालिका–१ डुम्रीवेँसीमा रु एक करोड ४० लाख र बन्दीपुर गाउँपालिका–१ र भानु नगरपालिका–१ जोड्ने तल्लो डुम्रेमा रु ५० लाखको लागतमा पुल बनिरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>