घटना -दुर्घटना

छुट्टाछुटै आगलागीमा, रु १३ लाखको क्षति

०
Banner

पर्सा, चैत २७-
पर्साका छुट्टाछुटै स्थानमा आज बिहान आगलागी हुँदा करिब रु १२ लाख बराबरको क्षति भएको छ । धोबिनी गाउँपालिका– ३ गुलरियामा आज बिहान आगलागी हुँदा करिब रु नौ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

विद्युत् सर्ट भई स्थानीय सुरेन्द्र पटेलको घरबाट सुरु भएको आगलागी फैलिएर पटेलसहित स्थानीय फरिन्द्र पटेल, हनिफ मियाँ धोवी, मनिफ मियाँ धोवी, रवीन्द्र पटेल लगायतको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी घरमा रहेको फर्निचर, लत्ताकपडा, भाँडाकुडा, अन्नपात, साइकललगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको र सो परिमाण बराबर क्षति भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक शम्भु विक्रम शाहले जानकारी दिनुभयो । पोखरिया नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ पटेर्वा टोलमा आज बिहान आगलागी हुँदा रु चार लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय भागिरत महतो थारुको घरमा विद्युत सर्टभई आगलागी हुँदा घरमा रहेको चार क्विन्टल सुर्ती, फर्निचरलगायतका समान जल्दा सो परिमाणको क्षति भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>