अन्तर्राष्ट्रिय

रुसले युक्रेनको खार्किभ शहरमा ड्रोन आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गयो

०
Banner

चैत २४-

रुसले युक्रेनको खार्किभ शहरमा ड्रोन आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको छ । खार्किभका मेयर इहोर तेरेखोभले रुसले आज बिहानै इरानमा बनेका ड्रोनले केही अपार्टमेन्टसहित कयौँ भवनमा प्रहार गरेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

यो आक्रमणमा छ जनाको ज्यान गएको र १० जना घाइते भएका खबरमा उल्लेख छ । खार्किभ रुसी सीमाको सबैभन्दा नजिकको युक्रेनी शहर हो । रुसले पछिल्ला दिनमा आक्रमणलाई तीव्र बनाएको छ ।

युक्रेनका अधिकारीले भविष्यमा रुसले शहरमाथि आक्रमण गर्न सक्ने भन्दै चिन्ता जनाएका छन् । आजको आक्रमणबाट अपार्टमेन्ट भवन, पेट्रोलपम्प, प्रशासनिक भवन र कार क्षतिग्रस्त भएका छन् । हिजो शुक्रबार युक्रेनले ६ वटा रुसी विमान नष्ट गरेको दाबी गरेको छ । गएको बुधबार रोस्तोव क्षेत्रमा भएको आक्रमणमा २० जना सैनिकको मृत्यु भएको अनुमान गरिएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>