चितवन विशेष

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

०
Banner

चितवन, असोज १७–

नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज (शनिबार) १०१ जना पत्रकारको आँखा परीक्षण गरिएको छ । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा उनीहरूको आँखा परीक्षण गरिएको हो ।

शिविरमा आवश्यक चश्मा र औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । महासङ्घका जिल्ला अध्यक्ष वसन्तराज पराजुलीका अनुसार शाखाका सदस्य र अन्य क्रियाशील पत्रकारहरूको आँखाको परीक्षण गरिएको छ । विगत वर्षमा झै यस वर्ष पनि भरतपुर आँखा अस्पतालसँग सहकार्य गरेर शिविर गरिएको उहाँले बताउनुभयो ।

शिविरमा शल्यक्रिया गर्नुपर्ने देखिएका तीन जना पत्रकारको अस्पतालले सहुलियत दररेटमा समय अनुकूल मिलाएर गर्ने अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>