चितवन विशेष

नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न

०
Banner

चितवन, असोज १७–

नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा शनिबार नारायणगढमा सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ चितवनका सभापति जयराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रिय उपाध्यक्ष एवं वागमती प्रदेश सभापति ऋषिराम पौडेले विशेष अतिथि रहनु भएको थियो ।
नेपाल नेत्रज्योति संघ चितवनका सचिव केशव प्रसाद अधिकारीले संचालन गर्नु भएको कार्यक्रम विशेष अतिथि पौडेलले दीप प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो भने उपसभापति तेजेन्द्र बहादुर खखड्काले अस्पताल र कार्यक्रमको वारेमा जानकारी दिँदै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै विशेष अतिथि पौडेलले नेपाल नेत्रज्योति संघ नितान्त सामाजिक संस्था भएको हुँदा सामाजिक भावनाले काम गर्न आवश्यक रहेको बताउनु भयो । नेपाल नेत्रज्योति संघ चितवनद्धारा संचालित भरतपुर आँखा अस्पताल एक उदाहारणीय र सफल कार्यक्रम भएको उहाँको भनाई थियो। भरतपुर आँखा अस्पतालले मुलुका मध्य भागमा पर्ने ३ वटा प्रदेशमा आँखाको स्वास्थ्य सेवा दिँदै आएको बताउँदै आगामी दिनमा अझ सेवा विस्तारको आवश्यकता औंल्याउनु भयो । त्यसको लागि नेपाल नेत्रज्योति संघ केन्द्रिय समिति र बागमती प्रदेश समिति आवश्यक सहयोग र सहजिकरणको लागि तयार रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो ।
यसैगरी कार्यक्रमका सम्मानित व्यक्तित्व तथा विशेष अतिथि इश्वरपुर नगरपालिका सर्लाहीका प्रमुख मनोज आचार्यले इश्वरपुर आँखा उपचार केन्द्रमा डाक्टरको सेवा, आवास र पिउने पानीको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । इश्वरपुर आँखा उपचार केन्द्रले हालसम्म २५ हजार भन्दा बढी बिरामीलाई सेवा दिएको उहाँले जानकारी दिनु भयो । कार्यक्रममा भरतपुर आँखा अस्पतालको प्रगति प्रतिवेदन समेत लोकार्पण गरिएको थियो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ चितवनका सचिव केशव प्रसाद अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिद्धार्थलाल चेकेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ चितवनका महेन्द्रलाल प्रधान, पूर्व सभापति वामदेव खनाल, भरतपुर १० का वडाध्यक्ष परमे्रश्वर खनाल, नेपाल नेत्रज्योति संघ नवलपुरका सभापति होमनाथ जैसी, नेपाल नेत्रज्योति संघ चितवनका आजिवन सदस्य भोजराज कौडेल, तोयानाथ भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>