चितवन विशेष

चितवनमा विद्युतीय सवारी सम्बन्धी सचेतना कार्यक्रम, धेरैजसो इभी सवारी दुर्घटना मानविय कारण

०
Banner

चितवन, असोज १७–

चितवनमा विद्युतीय सवारी साधान सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको छ । चितवन अटोमोबाइल डिलर एशोसियशन (काडा)ले आज (शनिबार) व्यवसायी तथा सेवाग्राहीलाई विद्युती गाडी प्रयोग सम्बन्धी जानकारी दिएको हो ।

पछिल्लो समय विद्युतीय सवारी साधनमा नकरात्मक हल्ला फैलिएपछि व्यवसायी तथा सेवाग्राहीलाई यसको गुणस्तर तथा विशेषताको विषयमा जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले विद्युतीय गाडी संसारका व्यक्तिले स्वीकार गरेको बताउँदै यसलाई ठिक कि बेठिक भन्ने विषय नभएको बताए । सवारी दुर्घटना मानविय तथा तथा भौतिक कारणले पनि हुने भएकाले सवारी साधनलाई मात्र दोष दिन नहुने उनको भनाई छ ।

‘ईभि गाडी खराब कि नखराब भन्ने विषय यो अनावश्यक कुरा हो,’ उनले भने ‘संसारका व्यक्तिले स्वीकार गरेको वस्तु ठिक कि व्यक्ति भन्ने होईन ।’ सन् २०२४मा दक्षिण कोरियामा रोकिराखेको विद्युतीय गाडिमा आगलागी भएको उदाहरण दिँदै प्रमुख जिल्ला अधिकारी अर्यालले त्यहाँ विद्युतीय सवारी साधन विस्तार भइरहेको बताए ।

चितवनमा केही समय अगाडि विुद्यतीय कारमा आगलागी भएको थियो । त्यस विषयलाई लिएर यस गाडीको विश्वसनियता माथी प्रश्न उठेको थियो । तर विद्युतीय सवारी साधनको कारण मात्र आगोलागी नभएको प्रशिक्षक रविन पौडेलले जानकारी दिए । विद्युती सवारी साधन प्रयोग गर्दा विद्युतको भोल्टेज लगायतका विषयमा ख्याल गर्नुपर्ने उनले बताए । विद्युतीय सवारीसाधनका धेरै फिचरहरु रहेको भन्दै यसबारे ज्ञान लिएर सवारी चलाउनुपर्ने उनको भनाई छ । नेपालमा अधिकांश दुर्घटना चालकका कारण भएको उनको जिकिर छ ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जिवि सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका विष्णु थापा लगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>