पत्रपत्रिका

‘नेपालमा ३४ प्रतिशत नागरिक सुर्तीको लतमा’

Banner

काठमाडौं, चैत २४-

नेपालमा कुल जनसंंख्याको ३४.१ प्रतिशत नागरिकले कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्। नेपाल विकास तथा अनुसन्धान प्रतिष्ठानले हालै सार्वजनिक गरेको ‘नेसनल सर्भे अन सोसियो इकोनोमिक एन्ड पोलिसी एस्पेक्ट अफ टोबाको युज इन नेपाल’ विषयक सर्वेक्षण प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो।

शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालमा सुर्तीजन्य पदार्थका प्रयोगकर्ताहरूको स्थितिमा सुधार आउन नसकेको औंल्याइएको छ। सम्बन्धित कानुनको प्रभावकारी कार्यान्वयन र सुर्तीजन्य पदार्थमा करवृद्धि गरेर सुर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउनुपर्ने सुझाव प्रतिवेदनले दिएको छ।

प्रतिष्ठानले चार वर्षअघि अर्थात् सन् २०२० मा पनि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो। त्यसले नेपालमा कुल जनसंख्याको ३१.८ प्रतिशतले कुनै न कुनै स्वरूपमा सुर्तीजन्य पदार्थ प्रयोग गरेको तथ्यांक निकालेको थियो। पछिल्लो प्रतिवेदनले सुर्ती प्रयोगकर्ता ३४.१ रहेको देखाएबाट तीन वर्षको अवधिमा सो संख्या २.२ प्रतिशत बढेको देखिन्छ।

पछिल्लो प्रतिवेदनअनुसार सुर्तीजन्य पदार्थ प्रयोग गर्नेमध्ये धूमापन गर्ने १०.७ प्रतिशत, धुवाँरहित सुर्तीजन्य पदार्थ ९पान, पराग, सुपारी तथा गुट्खा, ई–सिगरेट आदि० प्रयोग गर्नेको संख्या १८.९ प्रतिशत देखिन्छ। अन्य स्वरूपमा सुर्ती प्रयोग गर्नेको संख्या पनि ४.५ प्रतिशत रहेको प्रतिवेदनले औंल्याएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>