समाचार
लाङटाङ पदमार्गमा पर्यटकको निधन

रसुवा, चैत २३-
लाङटाङको भ्रमण सम्पन्न गरी फर्कँदै गर्दा लाङटाङ पद मार्गमा एक पर्यटकको आज निधन भएको छ ।
आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ झर्दै गरेका राहदानी नं १४०९८८८२९ का ६७ वर्षीय बेलायती नागरिक काटर माइकल पावल लाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रबाट बेहोश अवस्थामा हवाई उद्धार गरी काठमाडौँ स्थित मेडिसिटी अस्पताल पु¥याउँदा चिकित्सकले अहिले साँझ ६।३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।
बोकेर दुई घण्टाको ओरालो बाटो झारेपछि उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर पुगेको र भौगोलिक विकटता र जङ्गल भएका कारण अवतरण गर्ने स्थान समेत नभएकाले अल्टिच्युट एयरको माइक एक्स्रे कलसाइन भएको हेलिकप्टरले लङलाइन मार्फत उद्धार गरेको प्रहरीले जनाएको छ । लाङ्टाङ खोलादेखि सुरक्षित तवरले लङलाइन मार्फत समथर स्थानमा पु¥याई जहाजभित्र राखेर क्याप्टेन आनन्द थापाले तत्काल अस्पताल पु¥याएको जनाइएको छ । रासस























