समाचार

नर्सिङ पढ्दै गरेकी पोखराकी किशोरीले ५ तलाबाट फाल हानेपछि..

०
Banner

पोखरा,चैत २३-

दोलखामा होस्टलको पाँच तलामाथिबाट फाल हान्दा १८ वर्षीया किशोरीको मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका १० रामबजार घर भई हाल दोलखामा बसेर नर्सिङ पढ्दै गरेकी १८ वर्षीया करुणा अधिकारीको पाँच तला माथिबाट फाल हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

‘उनी चरिकोटस्थित च्छो रोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत रहेको खुलेको छ,’ प्रहरी निरीक्षक जीवन श्रेष्ठले भने, ‘उनले आत्महत्या गर्नुको कारण खुलेको छैन। तर, होस्टल सञ्चालकका अनुसार उनले डिप्रेशनको औषधि खाइरहेकी थिइन्। हामी थप अनुसन्धान गरिरहेका छौँ।’ बिदामा पोखरास्थित घर गएकी उनी गएको बुधबार मात्र चरिकोट फर्किएकी थिइन्। उनी होस्टेलमा साथीहरुसँगै बस्थिन।

बिहीबार साँझ सवा सात बजे होस्टल रहेको बिलिडङको पाँच तला माथिबाट खसेपछि उनी गम्भीर घाइते भएकी थिइन्। सँगै बसेका साथीहरुले उनले पाँच तला माथिबाट फाल हानेको बताएका छन्। स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि उनलाई काठमाडौँ ल्याइएको थियो। उपचारको क्रममा गएराति ‍११ बजे उनको भक्तपुरको मध्यपुर अस्पतालमा मृत्यु भएको हो। उनको शव पोष्टमार्टमको लागि अहिले सोही अस्पतालमा राखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>