चितवन विशेष
नेपाल दुर्लभ रक्त समुदाय चितवनको अध्यक्षमा राजमणी नेपाल

चितवन, असोज १८-
नेपाल दुर्लभ रक्त समुदाय चितवनको अध्यक्षमा राजमणी नेपाल चयन हुनुभएको छ । संस्थाको १० औँ अधिवेशनले नेपालको अध्यक्षतामा १३ जनाको कार्यसमिति निविरोध चयन गरेको हो ।
जसमा उपाध्यक्षमा विजय अधिकारी, सचीवमा दिपेन्द्र पौडेल, कोषाध्यक्षमा आमोध सुवेदी र सह– सचीवमा कृष्टि सापकोटा चयन भएका छन । सदस्यहरुमा क्रमशः रामचन्द्र हुमागाई, प्रमिला देवी पाण्डे, गोबिन्द पराजुली, यशोधा शर्मा, मदन कट्टेल, सबिता पौडेल, बिमला मिश्र, हरि भन्डारी, चयन भएका छन् ।
ग्रीन ह्याम्लेट पार्टी प्यालेसमा सञ्चालित सोर्हौँ वार्षिक साधारणसभा तथा दशौँ अधिवेशनमा संस्थाका अध्यक्ष लक्ष्मण ज्ञवालीको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्र चितवनका प्रमुख सुमित्रा पौडेलका प्रमुख आथिति रहनुभएको थियो । सो कार्यक्रममा नेपाल दुर्लभ रक्त समुदायका केन्द्रिय तदर्थ समितीका अध्यक्ष पुष्प राज शर्माले समेत मन्तव्य राख्नुभएको थियो ।























