चितवन विशेष
नेपाल मगर विद्यार्थी संघ चितवनद्धारा दश लाख बढीको अक्षयकोष स्थापना

चितवन, असोज १८-
नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनले आफ्नो लक्ष्य अनुसार अक्षयकोषमा रकम संकलन गरेको छ । चितवन जिल्ला र यससँग जोडिएका छिमेकी जिल्लाका स्थानिय तहमा रहेका विपन्न, जेहेन्दर तथा अशक्त मगर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले २०७५ सालमा स्थापना गरिएको अक्षयकोषमा लक्ष्य अनुसार दश लाख ७ हजार ६८० रुपैयाँ रकम संकलन गरेको भरतपुरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
यस कोषमा देउसी भैलो कार्यक्रम तथा देश विदेशबाट प्राप्त आर्थिक सहयोग प्राप्त गरिएको मगर विद्यार्थी अक्षयकोष चितवनका अध्यक्ष निर्मल थापामगरले जानकारी दिए । यस रकमबाट शैक्षिक गुणस्तर, व्यक्तित्व, आत्मविश्वास, सिप र प्रतिभाको विकास गराउँदै देशको समग्र विकास र समृद्धिमा मगरहरुको योगदान पु¥याउने विश्वास उनको छ ।
कोषलाई सञ्चालन गर्नका लागि मगर विद्यार्थी अक्षयकोष सञ्चालन निर्देशिका २०७६ तयार गरिएको छ । हालसम्म २६१ जना विद्यार्थीहरुलाई विभिन्न कार्यक्रम मार्फत सहयोग समेत गरिएको उनले जानकारी दिए । विशेषगरी एसइइ र कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी र गरिब विद्यार्थीलाई छात्रबृत्ति समेत प्रदान गरिएको उनले बताए । साथै विभिन्न विद्यालयमा स्टेशनगरी समेत वितरण गरिएको छ । नेपाल मगर विद्यार्थी संघले अक्षकोष मार्फत मगर विद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान सँगै उत्तिर्ण मगर विद्यार्थीलाई नगद सहित एजुकेशन अवार्ड द्धारा सम्मानित गर्ने, विपन्न, जेहेन्दार तथा मेधावी विद्यार्थीहरुलाई शैक्षिक सामग्री एवं आर्थिक सहयोग प्रदान गर्ने भावि योजना लिएको छ । मगर भाषा, कला संस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि मगर विद्यार्थी लक्षित कार्यक्रम समेत सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।























