Breaking News

शेरबहादुर दाइका लागि कुर्सी खाली राखेका थियौंः गगन थापा

०
Banner

काठमाडौं, असोज १८-

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्र सकिएको छ । आजबाट सुरु भएको महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको खुलामञ्चमा भएको थियो । जहाँ विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गरे ।

यद्यपि समानान्तर रुपमा महाधिवेशनको तयारी गरिरहेका पूर्वसभापति शेरबहादुर देउवा भने गएनन् । उद्घाटन सत्रको अन्तिममा सम्बोधन गरेका सभापति गगन थापाले देउवालाई सम्झिए । उनले भनेका छन्, ‘यहाँ हामीले शेरबहादुर दाइका लागि कुर्सी राखेका थियौं । उहाँले आएर उद्घाटन गर्नुहुन्छ भन्ने अपेक्षा थियो ।’ उनले थपे, ‘शेरबहादुर देउवालाई सम्मान गर्ने भनेको उहाँको ढोकामा कतिपटक सलामी दियो भनेर होइन, उहाँले बनाएको पार्टी कति अग्लो बनायो भनेर हुन्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>