समाचार
पूर्वन्यायाधीश गिरीकी श्रीमती आरती रावलले गरिन् विष सेवन
०

काठमाडौं, चैत २१-
कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन् ।
उनले बुधबार दिउँसो २ बजेतिर विष सेवन गरेकी हुन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको बताइएको छ । हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको र अहिले उनी स्थिर र बोल्न नसक्ने अवस्थामा रहेकी बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























