अन्तर्राष्ट्रिय
इस्तानबुल गभर्नर कार्यालयमा भएको आगलागीमा मृत्यु हुनेको संख्या २९ पुग्यो
०

टर्की, चैत २१-
टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा मंगलवार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २९ पुगेको इस्तानबुल गभर्नरको कार्यालयले जनाएको छ । शहरको युरोपेलीतर्फ बेसिकटास जिल्लाको गेरेटेपे छिमेकमा रहेको १६ तले भवनको तहखानेमा रहेको नाइटक्लबमा मर्मतसम्भार गर्ने क्रममा आगलागी भएको कार्यालयले जनाएको छ ।
आगलागीमा परी घाइते भएका एक जनाको उपचार जारी छ । इस्तानबुलका गभर्नर दाउत गुलले घटनास्थलमा पीडितहरू मर्मत कार्यमा संलग्न व्यक्तिहरू रहेको बताउनु भयो । न्यायमन्त्री यिलमाज टुंकले चार कार्यस्थल प्रवन्धक र एक नवीकरण पर्यवेक्षकसहित पाँच संदिग्धहरूलाई जिम्मेवारी ठहर गर्दै पक्राउ गरिएको बताउनु भयो । न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























