नवलपुर

नारायणगढ-बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न सांसद भुसालको माग

Banner

चितवन,चैत १९-

नेकपा (एमाले) की सांसद सरिता भुसालले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग गर्नुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भुसालले नारायणगढ–बुटवल सडकखण्ड निर्माणका लागि दुई पटक म्याद थप गरेपनि हालसम्म आयोजना सम्पन्न हुन नसकेको बताउनु भयो । उहाँले सडक निर्माण सम्पन्न नहुँदा यात्रु तथा स्थानीयले धेरै दुःख झेल्नुपरेको भन्दै वर्षायाम अघि नै निर्माण सम्पन्न गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले पटक–पटक समय थप गर्दापनि निर्माण सम्पन्न हुन नसक्नुको कारण पहिचान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘वर्षायाम शुरु हुनु अगावै यात्रुहरुले थप समस्या भोग्नु नपरोस् भन्ने कुरामा सरकारको ध्यानाकृष्ट होस् । पटक–पटक समयावधि थप गरिदा पनि योजना सम्पन्न हुन नसक्नुका कारण पहिचान गरी कम्पनीलाई अझ गतिशिल रुपमा कार्य अगाडी बढाउन सरकारले समय समयमा निगरानी गरी यस समस्याबाट छिट्टै मुक्त गरोस् । दुर्घटना दिनप्रतिदिन बढ्दैछ । लामो दुरीमा चल्ने सवारी साधनमा एकभन्दा बढी चालकको व्यवस्था गर्ने गर्नुप¥यो । सडकको स्तरोन्नति गर्नुप¥यो ।’ सांसद भुसालले सवारी दुर्घटना न्युनिकरण गर्नका लागि लामो दूरीको सवारी साधनमा दुईजना चालकको व्यवस्था गर्नुपर्ने र सडकको स्तरोन्नति गर्नुपर्ने पनि बताउनु भयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>