देश/प्रदेश
महादेवटार सुरुङको बाँकी काम समयमै सक्ने चिनियाँ कम्पनीको प्रतिवद्धता
०

काठमाडौं, मंसिर २ –
काठमाडौं–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ब्रेकथ्रु सम्पन्न भएसँगै चिनियाँ निर्माण कम्पनीले बाँकी काम निर्धारित समयमै पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।
बुधवार सुरुङको ब्रेकथ्रु समारोहमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रतिनिधि वाङ सीले निर्माणका बाँकी कामलाई तिब्रता दिँदै गुणस्तर र सुरक्षामा विशेष ध्यान दिने बताउनुभएको हो । उहाँले सुरुङ निर्माणको आगामी चरणमा सेकेन्डरी लाइनिङ र सहायक संरचनाको कामलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो । निर्माण प्रक्रियाको कडाइका साथ पालना गर्दै सम्भावित जोखिमको निरन्तर पहिचान र व्यवस्थापन गरिने पनि उहाँले बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























