खेलकुद
आयरल्याण्डलाई चौथो झट्का
०

काठमाडौँ, चैत १७-
आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले चौथो सफलता हात पारेको छ । केड कारमाइकल मात्र १ रन बनाएर रनआउट भएका हुन् ।
टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ८.३ ओभरमा ४ विकेटको क्षतिमा ६६ रन बनाएको छ ।
सागरले पहिलो विकेट ३.५ औं ओभरमा जेम्स म्याकुलमको लिए र त्यस्तै ६.२ औं ओभरमा रस आदिरलाई आउट गरे । तेस्रो विकेटका रुपमा उनले ८.१ औं ओभरमा स्टिफन डोहेनीलाई आउट गरेका छन् ।
त्यस्तै ८.३ औं घरमा पिटर मुर पनि सागर ढकालकै बलमा रनआउट भएका छन् । सागरले ३ ओभर बलिङ गर्दा १५ रन खर्चेर ३ विकेट लिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























