समाज

काहुले खानेपानी आयोजना सम्पन्न

०
Banner

गोरखा, चैत १५-

गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा रु ४३ लाख ९४ हजारको लागतमा सोलार लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ ।

लामो समयदेखि खानेपानी चर्को अभाव झेल्दै आएका काहुलेका स्थानीयवासीका लागि स्वच्छ खानेपानीको सुविधा पु¥याउने उद्देश्यले खानेपानी आयोजना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिनुभयो ।

“आयोजना निर्माण गर्न गाउँपालिकाकोतर्र्फबाट रु १८ लाख ९४ हजार खर्च भएको छ”, उहाँले भन्नुभयो, “त्यस्तैबाहेक साझेदार संस्था ‘रिन्युएबल वल्ड नेपाल’ नामक संस्थाले पनि आयोजना निर्माणका लागि रु २५ लाख खर्च गरेको छ ।”

उक्त खानेपानी आयोजनाबाट त्यस क्षेत्रका दुई सय ६० जनाभन्दा बढी स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । “घर आँगनमै धारा बनेपछि ग्रागी बोकेर पानीको जोहो गर्नुपर्ने बाध्यता हटेको छ, स्थानीयवासी शान्ति रानमगरले भन्नुभयो, “अब पानी लिन जानुपर्ने समयमा अन्य काम गर्न सहज भएको छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>