राजनीति

गरिवी विरुद्धको लडाईँमा सफलता हासिल गर्नु नै नेपाली विकासको अवधारणा होः ओली

Banner

काठमाडौं, फागुन ४-

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपालः सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताएका छन् ।

पार्टीनिकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नै सो अवधारणालाई अघि सारेकोबताए । नेपालले गरिवीविरुद्धको लडाईँमा सफलता हासिल गरेरमात्रै समाजवादमा पुग्ने भएकाले आफ्नो पार्टीले जनतामा खुशी ल्याउने गरी मुलुकको समृद्धिको बाटो तय गरेको उनको भनाइ छ ।

उनले भने, ‘हामी प्राथमिकता राष्ट्रिय स्वतन्त्रता हो । हाम्रो परराष्ट्र नीति र सम्बन्ध पारस्पारिक लाभ, आपसी सम्मान, सामाजिक न्यायको आधारमा हुन्छ । हामी प्रतिवद्ध छौं-समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्नका लागि । समृद्ध नेपालः खुशी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो । गरिवी विरुद्धको लडाईँमा सफलता हासिल गर्नु नै नेपाली विकासको अवधारणा हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>