चितवन विशेष
गौरेश्वर पशुपति मन्दिरको १३ औं साधारणसभाः मन्दिर संरक्षणका लागि दिर्घकालिन तटबन्धनको माग

भरतपुर,असोज २४-
चितवनको भरतपुर महानगरपालिका १ स्थित गौरेश्वर पशुपति मन्दिरको १३ औं साधारणसभा सम्पन्न भएको छ । शनिवार सम्पन्न साधारणसभाको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारीले गौरेश्वर पशुपति मन्दिर एतिहासिक मन्दिर भएका कारण यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय नारायणी नदीमा आएको बाढीका कारण मन्दिर जोखिममा रहेको भन्दै उहाँले गुरुयोजना बनाएर मन्दिर संगै यस क्षेत्रको दिर्घकालिन तटबन्धन गर्न महानगरले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्वर १ का वडा सदस्य तथा दियालो टोल विकास संस्थाका उपाध्यक्ष मनोज घिमिरेले मन्दिरले नारायणगढ बजारमा बाढी पस्नबाट जोगाएका कारण यसको दिर्घकालिन संरक्षण हुनुपर्ने बताउनुभयो । ‘यो ठाउँमा मन्दिर स्थापना नभएको भए,नारायणगढ बजार जोगिने थिएन,उहाँले भन्नुभयो,यसले बजारमा बाढी पस्न रोकेको छ ।’
भरतपुर २ का पूर्ववडाध्यक्ष पूर्णबहादुर श्रेष्ठले गौरेश्वर पशुपति मन्दिर धार्मिक धरोहर मात्र नभई नारायणगढ बजारको रक्षाका लागि धरोहर बनको भन्दै यसको संरक्षण,संबद्र्धन र जिर्णद्धार गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्दिरका सल्लाहाकार शैलेन्द्र कुमार पियाले सबै मिलेर स्थापना गरिएको मन्दिरको संरक्षणका लागि स्थानिय,प्रदेश र संघिय सरकार गम्भिर बन्नुपर्ने बताउनुभयो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धी कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभामा बार्षिक प्रतिबेदन तथा भावि रणनितिबारे महासचिव सुरेश कुमार अधिकारीले प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । सधारणसभामा आर्थिक प्रतिबेदन कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । मन्दिरका संस्थापक एवं मन्दिरका संरक्षक प्रमुख सुर्य कुमार पिया (प्रकाण्ड) लगायतको उल्लेख्य सहभागितामा साधारणसभामा भएको थियो ।

























