Breaking News

इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा

०
Banner

काठमाडौं, असोज २४ –

नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी पुरानो इतिहासको ब्याज खाएर मात्र अघि बढ्न नसक्ने स्पष्ट पार्दै जनसरोकारका मुद्दा सम्बोधन गर्न नयाँ इतिहास रच्ने उद्घोष गर्नुभएको छ ।

पार्टीको १५ औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिवार उहाँले परम्परागत कार्यशैली बदलेर आजैदेखि काँग्रेसको रूपान्तरण शुरु हुने बताउनुभएको हो । सभापति थापाले काँग्रेसको गौरवशाली इतिहास भएपनि अब केवल अतीतको महिमामण्डन गरेर बस्ने छुट कसैलाई नभएको प्रष्ट पार्नुभयो ।

महाधिवेशनबाट प्राप्त जनमत र ऊर्जा युवा पुस्ताको आकांक्षा सम्बोधन गर्न सदुपयोग गरिने उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>