Breaking News
चितवनमा ट्याक्टर र बलेरो ठोक्किँदा एक महिलाको मृत्यु, १० जना घाइते

चितवन, असोज १९-
चितवनको कालिका नगरपालिकामा ट्याक्टर र बलेरो गाडी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
आज (सोमबार) १ः३५ बजे कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना.६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो ठोक्किएका हुन् ।
दुर्घटनामा बलेरोमा सवार कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियारको उपचारका क्रममा दिउँसो २ः३९ बजे पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बलेरोमा सवार अन्य नौ जना र चालक घाइते भएका छन् । घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेमा अधिकांश कालिका नगरपालिका वडा नम्बर ३ का रहेका छन् ।
प्रहरीले ट्याक्टर, ट्याक्टर चालक कालिका नगरपालिका–१ का ४२ वर्षीय बिके श्याङ्वो तथा बलेरो नियन्त्रणमा लिएको छ । बलेरो चालक कालिका नगरपालिका–३ का ३९ वर्षीय कोमल बहादुर श्रेष्ठ पनि घाइते भई उपचाररत छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























