समाचार

आइतबार साँझबाट पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनको तयारी

०
Banner

काठमाडौं, असोज २४-

पृथ्वी राजमार्ग आइतबार साँझदेखि दुईतर्फी सञ्चालन गर्ने तयारी भएको छ । त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि हाल सवारी आवागन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक विभाले भित्तापट्टीको भाग कटान गरी सडक विस्तार गर्ने कार्य तीव्र गतिमा अघि बढाइरहेको छ । राजमार्गमा आज राति ९ः०० बजेदेखि एकतर्फी सवारी आवागमन सञ्चालनको तयारी छ ।

भोलि बिहान ७ः०० देखि दुईतर्फी सवारी सञ्चालनका सडक विस्तार गरिने र साँझ ६ः०० बजेबाट दुईतर्फी सवारी सञ्चालन गर्ने सडक विभागको भनाइ छ । राजमार्गमा यात्राघि ट्राफिक प्रहरीसँग सूचना लिएर मात्रै अघि बढ्न सडक विभागले यात्रुलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>