अपराध

बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाइयो, एकजना पक्राउ

Banner

विराटनगर, फागुन ४-

मोरङको बूढीगंगा गाउँपालिका-७ मा ‘बोक्सी’ को आरोप लगाएर एक महिलालाई मलमूत्र खुवाइएको आरोपमा एकजना पक्राउ परेका छन् ।

५५ वर्षीया महिलालाई कुटपिट गर्दै उनलाई मलमूत्र खुवाएर दुर्व्यवहार गरिएको आरोपमा धामी झाँक्रीको काम गर्दे आएकी पारो माझी पक्राउ परेकी हुन् । घटनामा संलग्न आरोपमा धामी झाँक्रीको काम गर्दे आएकी पारो माझी पक्राउ परेकी छन् । माझीको घरबाट हराएको दियो चोरेको ती वृद्धमाथि आरोप लगाइएको छ ।

जिप्रका मोरङका डीएसपी रञ्जनकुमार दाहालले झाँक्री माझीलाई बिहीबार साँझ पक्राउ गरिएको बताए । दाहालका अनुसार माझीले बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै महिलालाई यातना दिएर मलमूत्र खुवाएकी थिइन् ।

प्रहरीका अनुसार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । उक्त दियो चोरी गरेको महिलामाथि आरोप लगाइएको हो । माझीले जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेर लगेको भन्दै मलमूत्र खुवाएको स्वीकारेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>