राजनीति
कानूनले पार्टीमा आबद्धता हुन रोक लगाएका शिक्षक र कर्मचारीलाई सदस्यता नदिऔंः गगन थापा
०

काठमाडौं, फागुन ४-
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनले पार्टीमा आबद्धता हुन रोक लगाएका शिक्षक र कर्मचारीलाई पार्टी सदस्यता नदिने प्रस्ताव गरेका छन् ।
महासमिति बैठकको लागि तयार पारेका सांगठानिक प्रतिवेदन केन्द्रीय समिति जारी बैठकमा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘प्रचलित कानूनले पार्टीमा आबद्धता हुन रोक लगाएका शिक्षक, सरकारी कर्मचारीलगायतसँग सम्बन्धित शुभेच्छुक संस्थाहरूलाई पार्टीसँगको आबद्धताको निरन्तरतामा ठूलो अलमल छ, अब यस्तै अलमललाई निरन्तरता दिने कि बदल्ने ?’
उनले प्रचलित कानूनले पार्टी सदस्यता लिन निषेध गरेका पेशासँग सम्बद्ध शुभेच्छुक संस्थासँग पार्टीको अहिलेको संस्थागत आबद्धता बदलेर पार्टीले विधागत, पेशागत, विशेषज्ञ सम्बन्ध राख्ने, सम्बन्धित पेशामा संलग्न व्यक्तिहरूलाई पार्टीको सदस्यता नदिने प्रस्ताव गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























