राजनीति

बालेनले भने ‘हामी छउन्जेल खुल्ला मञ्च सधैँ खुल्ला रहन्छ’

Banner

काठमाडौँ , फागुन ०३-
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले खुल्ला मञ्चलाई फराकिलो काठमाडौँ बनाउने बाटोमा आफूहरू रहेको बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो बताएका हुन्।

उनी भन्छन् ‘हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ खुल्लै हुनुपर्छ। त्यो कुनै समूह वा कुनै एक कार्यका लागि मात्र नभएर बहु उपयोगी महत्वको बनोस् भन्नेमा हामी सचेत छौँ।’

प्रमुख बालेनले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको खेल मैदान बनाउने सम्बन्धी समाचारहरूको खण्डनसमेत गरेका थिए। उनले यसतर्फ महानगरले कुनैपनि तयारी नगरेको बताए। ‘महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिँदा पनि त्यस्ता समाचारहरू निरन्तर आइरहनु दुखद छ। उनी भन्छन् ‘यसले आम मानिसमा भ्रम सृजना गरेको पाइयो।’

प्रमुख बालेनले खुलामञ्चलाई बिहानको समय मर्निङ वाक गर्न सकिने, योगाशन र ध्यान गर्न सकिने, बालबालिकाहरू खेल्न सक्ने, प्रदर्शन, विरोध र रचनात्मक कार्यक्रमहरु गर्न मिल्ने ठाउँ बनाउन आफूहरूले चाहेको बताए।

उनले यस योजनालाई सार्थक बनाउन विगत १० महिनादेखि खुलामञ्चमा थुप्रिएका करिब १० लाख केजी भन्दा बढी कङ्क्रिट हटाउने सकिएको सोही पोष्ट मार्फत जानकारी दिए। उनी भन्छन् ‘यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौँ कि, हामी छउञ्जेल खुलामञ्च सधैँ सबैका लागि खुल्ला हुन्छ।’ यसका साथै उनले टुँडिखेल पनि खुल्ला गर्ने प्रक्रियामा महानगर रहेको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>