नवलपुर
नारायणगढ-कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द
०

नवलपुर,असोज २४-
नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबेका कारण त्यहाँबाट सवारीसाधनको आवागमन बन्द गरिएको छ । जिल्ला प्रहरी प्रमुख युवराज खड्काका अनुसार जीर्ण फलामे पुलको बीचको भाग दबिएको हो । दबेको स्थानबाट यातायात सञ्चालन गर्दा पुल भाँचिन सक्ने जोखिम रहेकाले त्यहाँबाट सवारीसाधनको आवागमन बन्द गराइएको हो ।
पुल शनिबार साँझ दबिएको हो । कावासोतीबाट नारायणगढतर्फ जाँदा महेन्द्र राजमार्गको देब्रेतर्फ रहेको ५० वर्ष पुरानो पुल दबिएपछि त्यहाँ डाइभर्सनमार्फत यातायात सञ्चालन गरिएको छ । २०८१ पुस २६ गते महेन्द्र राजमार्गअन्तर्गतको दुम्कीबास पुल भाँचिएको थियो । महेन्द्र राजमार्गमा ५० वर्षअघि निर्मित पूर्वी नवलपरासीका थप पाँचवटा फलामे पुल जीर्ण अवस्थामा छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























