नवलपुर

गैँडाकोट नगरपालिकाको १४ औं नगरसभा, ६ महिनामा विकास खर्च १५ प्रतिशत भन्दा कम

Banner

चितवन, पुस २६-

यस आर्थिक वर्षमा गैँडाकोट नगरपालिकाको विकास खर्च १५ प्रतिशत भन्दा कम रहेको पाइएको छ ।

नगरपालिकाको आज सम्पन्न १४ औं नगरसभामा प्रस्तुत बजेटमा विकास खर्च निकै कम रहेको हो ।

नगरपालिकाकी उपमेयर शान्ति कोइरालाले प्रस्तुत गरेको बजेमा यस आर्थिक वर्षमा चाुलतर्फ ६४ करोड ३२ लाख ९० हजार रुपैयाँ बिनियोजना गरिएकोमा यस अर्थिक वर्षको ६ महिनामा २८.६३ प्रतिशत खर्च भएको छ भने पूँजिगत अथवा विकास खर्च ३७ करोड ४९ लाख ५० हजार बिनियोजन भएकोमा १४.१५ प्रतिशत मात्र खर्च भएको छ ।

त्यसैगरी बजेटमा चालु आर्थिक वर्षमा आन्तरिक राजश्व १० करोड ३६ लाख ६० हजार रुपैयाँ प्रक्षेपण गरिएकोमा अहिलेसम्म दुई करोड ६६ लाख ७८ हजार रुपैयाँ संकलन भएको छ । आन्तरिक आयतर्फ घर जग्गा रष्ट्रिेशन दस्तुर ६ करोड अनुमान गरिएकोमा अहिलेसम्म एक करोड १३ लाख २३ हजार रुपैयाँ आम्दानी भएको छ । यस आर्थिक वर्षमा नगरपालिकाको कुल बजेट एक अर्ब एक करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>