नवलपुर

नवलपुरमा बाघको आक्रमणबाट सासू बुहारीको मृत्यु

Banner

नवलपुर,पुस ९-

नवलपुरमा बाघको आक्रमणबाट एकैघरका सासू बुहारीको मृत्यु भएको छ । जिल्लाको विनयीत्रिवेणी गाउपालिकमा वडा नं. १ को खहरे जंगलमा घाँसकाट्न गएका उनिहरुको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरिक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो । बाघको आक्रमणबाट २८ बर्षीया विष्णु पौडेल र उनकी सासू ६० बर्षीया मनादेवी पौडेलको ज्यान गएको हो । आइतबार दिउसो घाँसकाट्न गएका सासू बुहारी साँझसम्म घर नआएपछि आफन्त, स्थानीय र प्रहरीको टोलीले खोजी गर्ने क्रममा गएराति करिव १० वजे जंगलमा मृत अवस्थामा शव फेला परेका हुन् ।

घटनास्थल राजमार्गदेखि एककिलोमिटर भित्र विनयी सामुदायिक वनमा पर्दछ । सासू बुहारी दुवैजनाको शव पोष्ट मार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>