समाचार

चुरोट नदिएको निहुँमा कुटपिट गरी युवकको हत्या, १४ जना पक्राउ

Banner

कैलाली,मंसिर १३-

कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा १४ जना पक्राउ परेका छन्। मंगलबार मध्यराति साढे १२ बजेतिर घोडाघोडी नगरपालिका २ का २६ वर्षीय मोहन अधिकारीमाथि एक समूहले कुटपिट गरेको थियो। कैलालीका प्रहरी प्रवक्ता इन्स्पेक्टर सन्तोष बस्यालका अनुसार अधिकारी मंगलबार लम्कीचुहा नगरपालिका ९ स्थित डिल्ली कोइरालाको विवाहमा गएका थिए।

त्यहाँ एक व्यक्तिले उनीसँग चुरोट मागेका थिए। इन्स्पेक्टर बस्यालका अनुसार ती युवकलाई मोहनले चुरोट नदिएपछि विवाद सुरू भएको थियो। त्यही निहुँमा चुरोट माग्ने युवकको समूहले अधिकारीमाथि कुटपिट गरेका थिए।

‘उनीहरू धेरै संख्यामा थिए। मदिराले लठ्ठ थिए। मोहनका साथीहरू भने धेरै रहेनछन्। त्यसैले उनीमाथि त्यो समूहले निर्घात कुटपिट गरेछ,’ इन्स्पेक्टर बस्यालले भने। कुटपिटबाट गम्भीर घाइते भएका मोहनको उपचारका क्रममा टीकापुर अस्पतालमा आज बिहान ७ः ३५ बजे मृत्यु भएको हो। उनीहरूलाई इलाका प्रहरी कार्यालय लम्कीमा राखि थप अनुसन्धान भइरहेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>