राजनीति

झुटो उजुरी दिने रुकुमका दीपकलाई दुई हजार जरिवाना

०
Banner

काठमाडौँ, असोज २९-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटो उजुरी दिएर असम्बन्धित व्यक्तिलाई दुःख र हैरानी दिने रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगरलाई जरिवाना गरेको छ ।

सहकारीको ऋणसम्बन्धी विषयमा आयोगमा अर्काको नामबाट झुटो उजुरी दिएको तथ्य पुष्टि भएपछि निजलाई भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ४९ बमोजिम आज रु दुई हजार जरिवाना गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>