चितवन विशेष

नारायणी नदीमा खुट्टा धुने क्रममा डुबेर आमा–छोरा बेपत्ता, छोरीको सकुशल उद्धार

०
Banner

चितवन, असोज २९

चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा डुबेर आमा र उनका छ वर्षीय छोरा बेपत्ता भएका छन्। उनीहरूसँगै डुबेकी ११ वर्षीया छोरीको भने प्रहरीले उद्धार गरेको छ।

बुधबार साँझ करिब ६ः४५ बजे नदीमा खुट्टा धुने क्रममा उनीहरू डुबेका हुन्। बेपत्ता हुनेमा खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१२ मुनालचोकस्थित मामाघरमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका छ वर्षीय छोरा प्रसिद्ध पौडेल रहेका छन्। उनकी ११ वर्षीया छोरी प्रसिद्धी पौडेललाई प्रहरीले उद्धार गरेको हो।

स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेपछि वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी नायब निरीक्षक प्रभाकर खड्काको कमाण्डमा विपद् उद्धार टोली घटनास्थल पुगेको थियो। प्रहरीले प्रसिद्धीलाई उद्धार गरी वडा प्रहरी कार्यालय नारायणगढमा ल्याएको र उनको अवस्था सामान्य रहेको जनाएको छ।

बेपत्ता सिर्जना र उनका छोरा प्रसिद्धको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>