देश/प्रदेश

लाइटरको ज्वालामा राठीको तार राख्दा के भयो? इलेक्ट्रिसियनकै सहभागितामा परीक्षण, अचम्मको परिणाम

०
Banner

काठमाडौं, असोज २९-

राठी केबलले आफ्ना इलेक्ट्रिसियन साथीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी आफ्नो विशेष उत्पादन Rathi Fire-X Zero Halogen (ZHFR) Cable को अग्नि प्रतिरोधी विशेषताबारे प्रत्यक्ष प्रदर्शन गरेको छ।

कार्यक्रमका क्रममा राठी केबलले Fire-X ZHFR तारको विशेषता प्रदर्शन गर्न इलेक्ट्रिसियनहरूलाई आफैँ परीक्षण गर्न आमन्त्रण गरेको थियो। उत्पादनको विशेषताबारे विश्वास दिलाउन इलेक्ट्रिसियनहरूलाई नै लाइटर उपलब्ध गराई तारमा आगो बालेर जाँच गर्न लगाइएको थियो।

Rathi Fire-X ZHFR Cable शून्य ह्यालोजनयुक्त (Zero Halogen) सामग्रीबाट निर्मित विशेष प्रकारको सुरक्षा तार हो। आगलागीको अवस्थामा कम धुवाँ उत्पादन गर्ने तथा हानिकारक ह्यालोजनयुक्त ग्यासको उत्सर्जन घटाउने विशेषताका कारण यसले घर, व्यावसायिक भवन तथा अन्य संरचनामा विद्युतीय सुरक्षाको महत्त्वलाई उजागर गर्छ।

इलेक्ट्रिसियनहरूले आफैँ लाइटर बालेर परीक्षण गर्दा प्रदर्शनका क्रममा तारमा आगो नलागेको देखियो। प्रत्यक्ष परीक्षणमा यस्तो परिणाम देखेपछि इलेक्ट्रिसियनहरू आश्चर्यचकित हुनुका साथै राठीको Fire-X ZHFR तारको विशेषताबाट प्रभावित भए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>