चितवन विशेष
करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ
०

चितवन,असोज २८-
भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो ५ सय ग्राम सहित मकवानपुर भीमफेदी गाउँपालिका-४ पान्द्राङ बस्ने २७ वर्षीय रन्जित सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले काठमाडौंबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ८६७६ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक रन्जितलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























