समाचार

कालिकाका ४२ चेपाङ परिवारलाई दसैँका लागि खाद्यान्न सहयोग

०
Banner

चितवन, असोज २९-

चितवनको कालिका नगरपालिका–१० स्थित नेत्राङ र कासवाङका ४२ घरधुरीलाई दसैँका लागि खाद्यान्न सहयोग गरिएको छ। चाडपर्वका बेला विपन्न परिवारलाई राहत पु¥याउने उद्देश्यले चामल, तेल, दाल, भटमास र भुजा वितरण गरिएको हो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं सामाजिक अगुवा विनोद ढकाल र नेपाली कांग्रेस भरतपुर महानगर सभापति बुद्धिकान्त न्यौपानेको पहलमा खाद्यान्न वितरण गरिएको हो । ढकालले यसअघि पनि चेपाङ बस्तीलाई लक्षित गरी आयआर्जनका लागि बाख्रा वितरण, बालबालिकाको शिक्षामा सहयोग तथा विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएका छन्। दसैँको मुखमा खाद्यान्न सहयोग पाएपछि विपन्न परिवार खुसी भएका थिए। चाडपर्वका बेला प्राप्त सहयोगले परिवारको दैनिक खाद्यान्न आवश्यकतामा केही राहत पुग्ने अपेक्षा गरेको ढकालले बताए ।
खाद्यान्न वितरण कार्यक्रममा कालिका नगरपालिका–१० का वडाध्यक्ष नरजंग चेपाङ, नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि डिल्ली चेपाङ, वडा सभापति निराजङ चेपाङलगायत सहभागी थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>