Breaking News

रत्नपार्कको फुटपातमै दशैंका लागि नयाँ नोटको साटासाट (तस्बिरहरू)

०
Banner

काठमाडौं,असोज २९ –

बडादशैं नजिकिएसँगै राजधानीको मुख्य व्यापारिक तथा व्यस्त क्षेत्र रत्नपार्क वरपर नयाँ नोट साट्नेहरूको चहलपहल बढेको छ ।

नेपाल राष्ट्र बैंक तथा अन्य वाणिज्य बैंकहरूले नयाँ तथा सुकिला नोट वितरणको व्यवस्था मिलाए पनि सर्वसाधारणहरू लाइन बस्ने झन्झट छल्न फुटपातमै पुगेर नोट साटिरहेका छन् । रत्नपार्कको सडक किनारमै बसेर व्यवसायीहरूले कमिसन लिएर ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरूको कारोबार गरिरहेका छन् । केही अतिरिक्त शुल्क तिरेरै भए पनि फुटपाथबाटै नयाँ नोट साट्नेहरुको पनि चहलपहल बढेको छ ।

तस्बिरः सक्षम घिमिरे / नेपाल न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>