राजनीति
ताप्लेजुङमा योगेश भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूद्धारा तोडफोड
०

ताप्लेजुङ,मंसिर १०-
ताप्लेजुङमा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले तोडफोड गरेका छन् । आज आइतवार गृहजिल्ला ताप्लेजुङबाट काठमाण्डौ फर्कने क्रममा सदरमुकाम फुङलिङको तोक्मे डाँडामा भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको सिसा फुटेको छ ।
सातरआठ जनाको समूहमा रहेकाहरूले भट्टराई सवार गाडीमा ढुङ्गा र लाठीले हानेका एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले बताउनुभयो । गाडीको सिसा फुटे पनि मान्छेलाई केही नभएको खतिवडाले जानकारी दिनुभयो । यसअघि आजै दिउँसो सचिव भट्टराईलाई पहिचान पक्षधरहरूले कालो झण्डा देखाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























