Breaking News

अस्ट्रेलियामा सन् २०२५ मा आत्महत्याबाट तीन हजार २८३ जनाको मृत्यु

०
Banner

क्यानबेरा,कात्तिक १० –

अस्ट्रेलियामा सन् २०२५ मा आत्महत्याका कारण तीन हजार २८३ जनाको मृत्यु भएको छ । मङ्गलबार सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार मृतकमध्ये पुरुषको सङ्ख्या अत्यधिक रहेको छ ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स ९एबीएस० का अनुसार, सन् २०२५ मा देशभर दर्ता भएका कुल एक लाख ८८ हजार ४२१ मृत्युमध्ये तीन हजार २८३ जनाको मृत्यु आत्महत्याका कारण भएको थियो । यससँगै आत्महत्या देशमा मृत्युको १५औँ प्रमुख कारण बनेको छ ।

यो सङ्ख्या सन् २०२४ मा अभिलेख गरिएका तीन हजार ३२६ जनाको तुलनामा केही कम हो । यद्यपि, मृत्युका घटनासम्बन्धी आधिकारिक छानबिन जारी रहेकाले यो सङ्ख्या अझ बढ्न सक्ने एबीएसले जनाएको छ ।

तथ्याङ्कअनुसार, सन् २०२५ मा आत्महत्याका कारण मृत्यु हुनेमध्ये ७३ दशमलव नौ प्रतिशत पुरुष थिए । मृतकको औसत उमेर ४५ वर्ष रहेको थियो । पुरुषको औसत उमेर ४५ दशमलव पाँचवर्ष र महिलाको ४३ दशमलव आठ वर्ष थियो ।

तुलनात्मक रूपमा, सन् २०२५ मा मृत्युका प्रमुख २० कारणमध्ये आत्महत्याबाहेक अन्य कुनै पनि कारणबाट मृत्यु हुनेको औसत उमेर ६५ दशमलव पाँच वर्षभन्दा कम थिएन ।

एबीएसका अनुसार, सन् २०२५ मा १५ देखि ४४ वर्ष उमेर समूहका अस्ट्रेलियालीहरूमा आत्महत्या मृत्युको प्रमुख कारण थियो । यसले अकाल मृत्युको प्रमुख कारणका रूपमा समेत महत्वपूर्ण स्थान ओगटेको छ ।

आत्महत्याका कारण मृत्यु भएका व्यक्तिहरूको सम्भावित बाँकी जीवनावधि गणना गर्दा कुल एक लाख आठ हजार ६७४ वर्षको सम्भावित जीवन गुमेको तथ्याङ्कले देखाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>