खेलकुद

बेल्ट एन्ड रोड यु–१९ महिला सिरिजका लागि नेपाली टोली घोषणा, कप्तानमा सोनी पाख्रिन

०
Banner

काठमाडौं,कात्तिक १० –

चीनमा आयोजना हुने बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय यु–१९ महिला टोली घोषणा गरेको छ ।

क्यानले मंगलबार आगामी नोभेम्बर ३ देखि ८ सम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

टोलीको कप्तानीको जिम्मेवारी सोनी पाख्रिनलाई दिइएको छ । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्ति अनुसार छनोट भएका खेलाडीहरू आगामी सिरिजमा प्रतिस्पर्धा गर्न चीन प्रस्थान गर्नेछन् ।

नेपाली यु–१९ महिला क्रिकेट टोली

१. सोनी पाख्रिन (कप्तान)

२. रचना कुमारी चौधरी

३. रिया शर्मा

४. प्रिन्सा राना मगर

५. टिका साह

६.अन्जिला पाठक

७.साक्षी यादव

८. सावित्री धामी

९. मनीषा चौधरी

१०. आसिका कुमारी महरा

११. अनु कडायत

१२. मनीषा उपाध्याय

१३. सना प्रवीण

१४. अलिशा कुमारी यादव

१५. तिर्सना विश्वकर्मा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>