Breaking News
एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं, कात्तिक १० –
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० मा आजको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको छ।
जितका लागि पाएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुरले १९।३ ओभरमा ११३ रन मात्रै बनाउन सक्यो।
जसमा अभिषेश तिवारीले २०,कप्तान हर्मित सिंहले १९,मोइल अलीले १९ रनको योगदान गरेपनि जित दिलाउन सकेनन् ।
कर्णालीका युनिश ठकुरीले ३,हुसेन तलतले ३ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १३२ रन बनायो।
जसमा अरिफुल स्लामले ४३ र पवन सराफले ३७ रन जोडे।
जनकपुरका लागि कप्तान हर्मित सिंहले ३,राहुल यादव र मोइल अलीले २र२ विकेट लिए।
आजै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रन हरायो ।
प्रतियोगिता अन्तरगत भोलि एउटा खेल हुनेछ । बेलुका ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।
कात्तिक ९ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । फाइनल भिडन्त मङ्सिर ५ गते हुनेछ ।























