राजनीति

हाम्रो सरकार बनोस् राज्यको ढुकुटीबाट उपचार गराउने नेताको पैसा फिर्ता गराउँछौंः लामिछाने

Banner

काठमाडौं, मंसिर १०-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकार बने राज्य कोष खर्चिएर नेताको उपचार गराउने परम्परा रोक्ने, गरेकाहरूको पनि पैसा फिर्ता गराउने बताएका छन्। सप्तरीको फत्तेपुरमा आइतबार आयोजित कार्यक्रममा उनले आफूसँग पैसा हुँदा पनि उपचारका नाममा राज्यको ढुकुटीतिर आँखा लगाउने गलत परम्परा रोकिनुपर्ने बताएका हुन्।

‘देश टाट पल्टिँदा नेता टाट नपल्टिने भन्ने हुँदैन, मेरो नेतृत्वमा देश टाट पल्टिएको हो भने मेरो सम्पूर्ण सम्पत्ति सम्पूर्ण राज्यले खोज्नुपर्छ। हरेक नेता, जसले ३४ वर्षमा देशलाई खोक्रो बनाए तिनको एकएक सम्पत्ति राज्यको हो, किनकि, तिनको गलत नीतिका कारण आज देश छाडेर जान बाध्य भएका छन मानिसहरू। हाम्रो सरकार आओस्, आफ्नो सम्पत्ति भइभइ राज्यको सम्पत्तिमा आँखा लगाएर आफ्नो उपचार राज्यको कोषबाट उपचार गराउनको पैसा सबैभन्दा पहिला फिर्ता गराउँछौं। तपाईंलाई उपचार गर्नुपर्‍यो भने र पैसा छैन भने घरखेत बेच्नुपर्छ नि, अनि नेताको चाहिँ घर ठाडो भइरहने, यिनले घरखेत नबेची राज्यको पैसाबाट उपचार गर्न पाउने !,’ उनले भने। त्यस्तै उनले आगामी निर्वाचनमा रास्वपाका सांसदहरूले जनतासँग सम्झौता गरेरै भोट माग्ने बताए । उनले यो कार्यकालमा आफूले लिएको तलबभत्ताको एकएक हिसाब बुझाउने पनि बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>