राजनीति

राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा सातै प्रदेशका सभामुख तथा उपसभामुख अष्ट्रेलिया जाँदै

Banner

काठमाडौं, मंसिर १०-

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख अष्ट्रेलिया जाने भएका छन्। वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरूको अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत् अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल आइताबार राति अष्ट्रेलिया जान लागेको हो।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को संसद् सहयोग परियोजनाअन्तर्गत् अध्ययन भ्रमण हुन लागेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए। युएनडिपी नेपाल र संघीय संसद् सचिवालयबीच समझदारी भई संघीय संसद् र प्रदेश सभाहरूमा संसद् सहयोग परियोजना सञ्चालित छ।

प्रतिनिधिमण्डलले अष्ट्रेलियाको संसद् र न्यू साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदहरूमा विभिन्न भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>