राजनीति

शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण बन्दैछः अर्थमन्त्री डा महत

Banner

नुवाकोट मंसिर ०८-

अर्थमन्त्री डा प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताएका छन्। आज शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले भने, ‘नेपालमै विकास हुन्छ, नेपालमै रोजगारीका अवसर बढ्छन् विस्तारै विदेश जानु नपर्ने अवस्था यहाँ सिर्जना हुन्छ। जलविद्युत आयोजनामा लगानी भइरहेको छ, पर्यटकको संख्या बढ्दैछ। कृषि क्षेत्रमा लगानी बढ्छ, सुचना प्रविधिमा धेरै युवाहरु लागेर आम्दानी गरिरहेका छन्।’

मन्त्री महतले सामाजिक सञ्जाल प्रयोग गरेर जनतामा भ्रम फैलाउन प्रयास भइरहेको बताएका छन।केही व्यक्तिहरुले जनताको भावनामा खेलेर आफ्नो कुन्छित उद्देश्य प्राप्त गर्छु भन्ने कसैले ठानेको छ भने त्यो सफल नहुने उनले स्पष्ट पारे।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>