राजनीति

लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध पनि प्रदर्शन गर्न पाइन्छः महामन्त्री शर्मा

Banner

विराटनगर, मंसिर ०८-
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध पनि प्रदर्शन गर्न पाइने बताएका छन्।

आज मोरङको कटहरीमा आयोजित स्थानिय तहमा कानुनी तथा वित्तीय शुसासन सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध प्रदर्शन गर्न पाइने बताएका हुन्।

‘अहिले देशमा निरङकुशतन्त्र नभएकाले लोकतन्त्र विरुद्ध जनताले प्रश्न र प्रदर्शन गर्न पाउँछन् ’ महामन्त्री शर्माले भने। शर्माले अहिलेको संविधान जनताको सहभागिताबाट बनेका कारण जनताले राखेका असन्तुष्टिहरूलाई सम्बोधन गर्न संविधानमा परिमार्जनसमेत गर्दै लैजानुपर्ने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>