राजनीति
दुर्गा प्रसाईंको अराजकतामा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीको हिस्सेदारी छः नैनसिंह महर

काठमाडौं, मंसिर ८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘अराजक गतिविधि’ गरेको आरोप लगाएका छन् । कांग्रेस अर्घाखाँचीको पहिलो जिल्ला सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीका कारण मेडिकल व्यवसायी प्रसाईंले ‘अराजक गतिविधि’ गरेको बताएका हुन् ।
उनले राजाका नाममा अराजक गतिविधि भइरहेको बताए।
दुर्गा प्रसाईं एमाले र माओवादी केन्द्रको पालनकर्ता हुन्। आज अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री ओली हो र हुनुपर्छ,’ महरले भने।
ओली, प्रचण्ड र प्रसाईंबीचको अघोषित सम्बन्धका कारण अहिलेको स्थिति सिर्जना भएको महरको भनाइ छ।
प्रसाईं हालको अवस्थामा पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको बराबर सम्पर्कमा छन्। उनीहरूको दोहोरो उक्साहटमा उनले आन्दोलन गरिरहेका हुन्। यसमा राजाको पनि अप्रत्यक्ष साथ होला। तर बढी भूमिका प्रचण्ड-ओलीकै छ,’ उनको आरोप छ

























