राजनीति

गल्ती भएका छन्, सुधार्ने हो, तर पुरानै व्यवस्था ठिक भन्नु जस्तो मुर्खता केही हुँदैनः गगन थापा

Banner

काठमाडौं, मंसिर ८-

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुरानै व्यवस्था ठिक थियो भन्नु जस्तो मुर्खता अरु केही नहुने बताएका छन्। अर्घाखाँचीमा आयोजित कांग्रेसको सभालाई सम्बोधन गर्दै थापाले पुरानो व्यवस्था ठिक थियो भनेर आन्दोलन गर्नु मुर्खतापूर्ण हुने बताएका हुन् ।

‘गल्ती भएका छन्, सुधार्ने हो। तर यो भन्दा राम्रो गर्नुपर्छ भन्नुपर्ने ठाउँमा पहिलेकै व्यवस्था यो भन्दा राम्रो थियो, असल थियो, त्यो दिन पो ठिक थियो भन्यो भने त्यो भन्दा ठूलो मुर्खता केही पनि हुँदैन,’ उनले भने।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>